Skip to content
Prabhu

मुखमा कालोटेप लगाएर बैठकमा सहभागी भए रास्वपा महामन्त्री मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालोटेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालोटेप लगाएर बैठकमा सहभागी भएका हुन् ।

उनले मास्क बाहिर क्रस गरेर कालोटेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् । ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर, उनको माग सुनुवाइ भएको छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal