Skip to content
Prabhu

सोह्रखुट्टे सडकमा ११ फिट गहिरो खाल्डो पर्यो, यातायात प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा सवारी आवागन प्रभावित भएको छ । सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ। खाल्डोमा एक मोटरसाइकल पनि खसेको थियो । आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो ।

पठाओ चालक मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका विकास शाक्यले चलाएको मोटरसाइकल खाल्डोमा खसेर डुबेको थियो । शाक्य भने खाल्डोभन्दा बाहिरै सकुशल छन् ।

सो स्थानमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । खाल्डोलाई घेरा हालेर सवारी साधन एक लेनमा मात्र सञ्चालन गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal