Skip to content

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

nabil
global ime

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। बैठकको निर्णयबारे जानकारी दिँदै उनले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताए।

कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समीकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima