Skip to content

सानिमा बैंकको ६८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सानिमा बैंकले संस्थापक ६८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नआएपछि सर्वसाधारणका लागि सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।

बैंकले चैत १६ गते सेयरधनी दिलीप श्रेष्ठको नाममा रहेको ६८ हजार कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो । बैंकले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले यो सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता आवेदन दिनुपर्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima