Skip to content
Prabhu

कामचलाउ सरकारका निर्णय : नेपाल संस्कृत विद्यालयको सम्पत्ति खोज्न समिति गठन गर्ने देखि चामलको समर्थन मूल्य तोक्ने सम्म

काठमाडौं । सरकारले नेपाल संस्कृत विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संस्कृत विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखर प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले धानको समर्थन मूल्य समेत तोकेको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो । जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको ३ हजार ५८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको एक मन्त्रीले जानकारी दिए ।

चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा आन्तरिक निकासी डिपो (आइसीडी) र एकीकृत चेकपोष्ट निमार्ण गर्ने निर्णय गरेको छ । अरनिको राजमार्गको मर्मत र ढलान स्थरिकरण (चौथो चरण) निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका बिनिमय पत्र (एलओइए) हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान निर्णय पनि गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal