Skip to content
Prabhu

सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदमा २४ कर्मचारी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा शुक्रबार सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षकदेखि प्राविधिक सशस्त्र प्रहरी निरीक्षकसम्मको पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक नागरिकले साउन २७ गतेसम्म आवेदन दिन सकिने छ । अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।

आवेदक पुरुषको हकमा उचाइ कम्तीमा पाँच फिट दुई इन्च र तौल कम्तीमा ५० केजी तथा महिलाको हकमा उचाइ कम्तीमा पाँच फिट र तौल कम्तीमा ४२ केजी भएको हुनुपर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal