Skip to content
Prabhu

हकप्रद निष्कासनका लागि आँखुखोला जलविद्युतले साउन १ गते बुक क्लोज गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि साउन १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः१.५ को अनुपातमा निष्काशन गर्ने हुने हकप्रदमा ३१ असारसम्म नेप्सेमा कारोबार भएका सेयरधनीले मात्रै आवेदन दिन पाउने भएका छन् ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर १ः१.५ को अनुपातमा निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १९ गते हकप्रद निष्काशनका लागि अनुमति दिएपछि हकप्रद जारी गर्न बुक क्लोजको मिति तय गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal