काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले टी ३ थकाली एण्ड मल्टी कसिनी र सैना तन्दुरी एण्ड सेकुवा कर्नरमा विशेष छुट पाउने भएका छन् । बैंक र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी ३ थकाली एण्ड मल्टी कसिनी र सैनो तन्दुरी एण्ड सेकुवा कर्नरबीच विशेष छुट सम्बन्धी सम्झौता भएसँगै कर्मचारी र ग्राहकहरुले विशेष छुट पाउने भएका हुन् ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा टी ३ थकाली ग्रुप प्रालिका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ
मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टी ३ थकाली एण्ड मल्टी कसिनी र सैनो तन्दुरी एण्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आफ्नो २४ घण्टे सेवा संचालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि टी ३ थकाली एण्ड मल्टी कसिनीमा प्रामाणिक थकाली खानाको स्वाद लिन सक्नेछन् भने सैनो तन्दुरी र सेकुवा कर्नरमा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै, यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ । प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्