Skip to content

कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई १ लाख बराबरको फर्निचर सामग्री हस्तान्तरण

nabil bank

काठमाडौं । कृषि विकास बैंकले नागार्जुनमा रहेको राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले १ लाख बराबरको दराज, कुर्ची, टेबललगायतका फर्निचर दिएको हो।

फर्निचर सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरि घिमिरेले गरेका थिए। कृषि विकास बैंकका उपमहाप्रबन्धक डा. बाबुकाजी थापा प्रमुख अतिथि थिए। थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतीक रूपमा स्थापित गर्ने र मन्दिर परिसरमा उपस्थित हुने वृद्ध आमा बुबालगायत भक्तालुजनहरुलाई साहयता पुग्ने बताएका थिए।

कार्यक्रममा अध्यक्ष घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुसीका साथ बैंकलाई धन्यवाद दिए। कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दीपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime