Skip to content

सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउनुपर्छ : गभर्नर अधिकारी

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको समस्या समाधान गर्नका लागि नियमनकारी निकाय बनाउनु पर्ने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले सहकारी समस्या समाधानका लागि छुट्टै नियमनकारी निकाय बनाउन सुझाब दिएका हुन् ।

गभर्नर अधिकारीले भुगोलको सीमा नराखिएको, असिमित वचत संकलन गर्न दिइएको, अन्यथा ढंगले वचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताए । उनले सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने धारणा राखे ।

सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने गभर्नरले धारणा राखे । सभापति थापाले बैठकमा बैंकर्स एशोसिएशनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime