Skip to content

आजदेखि भद्रकालीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा सुरु, लागत ८० करोड

nabil bank

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आजदेखि काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आजदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो।

भद्रकालीस्थित भवन कुल ८० करोड लगानीमा निर्माण गरिएको जनाइएको छ । भवन आठ तलाको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime