Skip to content

इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’अफर, दुई लाख जित्ने मौका

nabil bank

काठमाडौं । इसेवाले यस वर्ष पनि ‘मेरो यात्राको साथी’नामक अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा, बसको टिकट काट्दा, आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका पाउने इसेवाले जनाएको छ। 

इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। उल्लेखित सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप रु २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ। 

यस अफरअन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याइएको छ। आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७००० सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् । साथै, यस अफरअन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले  ३०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । जसका लागि प्रोमो कोडमा “Yatra300” प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इसेवामार्फत होटल बुक गर्दा प्रोमो कोडमा  “Hotel200” प्रयोग गरी सबैले रु २०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ। प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेजमार्फत घोषणा गरिनेछ। साथै प्रोमो कोडमा “Yatra50” प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले  ५० क्यासब्याक रुपैयाँ प्राप्त गर्न सक्नेछन्। अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले “YATRA100” प्रोमो कोडको प्रयोगमा  १०० क्यास्ब्याक रुपैयाँ पाउन सक्नेछन्। यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म  १५०० रुपैयाँसम्म क्यास्ब्याक (५ प्रतिशत को दरले) प्राप्त गर्न सकिनेछ। यो अफर फागुन १३ देखि चैत १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime