Skip to content
Prabhu

११ महिनामा विदेश जानेले लगे १ खर्ब ७५ अर्ब

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकअनुसार  चालु आर्थिक वर्षको ११ महिनामा सेवा क्षेत्रको आम्दानी ५८ अर्ब ६ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको जेठ मसान्तसम्म यो घाटा ७७ अर्ब १५ करोड थियो ।

यस अवधिमा भ्रमणबाट हुने आम्दानी ३३ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । तर, यस अवधिमा भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब १६ करोड पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको जेठ मसान्तसम्म यो घाटा ७७ अर्ब १५ करोड थियो । अघिल्लो वर्षको जेठ मसान्तसम्म यस्तो आय ५७ अर्ब ५५ करोड हुँदा व्यय १ खर्ब ३० अर्ब थियो ।

चालु आर्थिक वर्षमा अध्ययनका लागि विदेश जानेले मात्रै १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ लगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । विदेश पढ्न र घुम्न जानेले एक खर्ब ७५ अर्ब लगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

गत वर्षको जेठ मसान्तसम्म पढ्न जानेले ८९ अर्ब १८ करोड रुपैयाँ विदेश लगेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal