Skip to content

काठमाडौं युनिभरसिटी र एसीडीएनबीच बैंक तथा वित्तीय संस्था वा क्षेत्रमा तालिम दिने साझेदारी

nabil
global ime

काठमाडौं । काठमाडौं युनिभरसिटी तथा एसीडीएनबीच नेपालमा विज्ञता विकास, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ ।

यस साझेदारीअन्तर्गत दुइ संस्था बीचमा नेपालका बैंक तथा वित्तीय संस्थालगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेसन कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रूपमा प्रदान गर्ने सहमति भएको छ ।

यसै सन्दर्भमा काठमाडौं युनिभरसिटीका डिन प्रोफ. डा. विजय केसीले भने, ‘एसीडीएन सँग भएको साझेदारी काठमाडौं युनिभरसिटीको व्यवस्थापन शिक्षा तथा विज्ञता विकास गर्ने ध्येयअन्तर्गत नै भएको छ र यसबारे हामी सकारात्मक छौं । यस साझेदारीद्वारा नेपालको व्यावसायिक क्षेत्रमा नविनता तथा वृद्धि हासिल गर्न सम्बन्धित क्षेत्रका विज्ञहरुलाई व्यावहारिक कौशलता प्रदान गर्नेछ ।

काठमाडौं युनिभरसिटी तथा एसीडीएनको शैक्षिक स्रोत तथा व्यावसायिक सम्बन्धहरुको विज्ञताको उच्चतम प्रयोग गरी डीजाइन गरिएका विभिन्न तालिम तथा सर्टिफिकेसन कार्यक्रमहरु प्रस्ताव गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु प्रदान गर्ने छ ।

‘हामी काठमाडौं युनिभरसिटी जस्तो गरिमामय संस्थासँग साझेदारी गर्न पाउँदा एकदम हर्सित भएका छौं । यस साझेदारीबाट हामी नेपालका विभिन्न क्षेत्रहरुको संगठनात्मक उत्कृष्टता तथा दिगो विकाशको लागि प्रभावकारी सेवाहरु प्रदान गर्न सहकार्य गर्ने छौं ।’ प्रमुख कार्यकारी अधिकृत स्तुति रेग्मीले भने ।

काठमाडौं युनिभरसिटी र एसीडीएनबीचको समझदारीले नेपालमा उद्योग–प्राज्ञिक सहकार्यलाई बढावा दिन र व्यक्ति र संस्थाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima