Skip to content
Prabhu

बन्दिपुरहिलमा ‘शिव महिमनाहा महिम्नाहा उत्सव’ हुने

काठमाडौं । तनहुँको पर्यटकीय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दिपुरहिलले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर साउन १ गतेदेखि ३२ गतेसम्म सञ्चालनमा रहने गरी ‘शिव महिम्नाहा उत्सव’ को सांस्कृतिक एवं धार्मिक कार्यक्रम आयोजना गरिएको छ । साउन महिनाका प्रत्येक दिन पछिको साँझमा बन्दिपुरहिलको वटम स्टेसन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती सुरु हुनेछ ।

प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन किर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पुर्याईने छ । जुन मन्दिरमा भगवान् शिवजीले न्यायीक राज्य प्रशासनको सुरक्षा कवँचको रुपमा तत्कालीन पराक्रमी राजा मणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात तरवार रहेको छ।
यस मन्दिरमा ल्याएर ‘दिव्य देवी आरती’ गर्ने र भजन किर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले बताएका छन् ।
कार्यक्रमअन्तर्गत प्रत्येक सोमबार ‘बोलबम पद तथा रोप यात्रा’ को विशेष कार्यक्रमहरुसमेत उत्सवमा समावेश गरिएको छ ।

यस प्रकारको यात्रा मस्र्याङ्गदी नदीबाट जल उठाई शुरुवात हुनेछ र पद यात्रामार्फत केवलकार चोकमा रहेको चट्टानबाट बनेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पूजा आरधना गरिने, प्राङ्गणमा नै रहेका ३३ कोटी देवी देवताको मूर्तिको दर्शन गराउने रहेको छ ।

शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शन गराउने, नाँच गाँन भजन गराउँदै केवलकार सवारी गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दिपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योर्तिलिङ्गको विशेष दर्शन पुजा आरधना, भजन किर्तन सहित फिर्ति सवारी हुने र पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुुजा आरधना गर्ने, यसपश्चात केवलकारमार्फत बटम स्टेसनमा फिर्ता हुने र विशेष धार्मिक सांस्कृतिक कार्यक्रममा सहभागिता गराउने कार्यक्रम रहेको छ ।

बोलबम कार्यक्रमको दिन बिहान ९ः०० बजेदेखि १०ः०० बजे सम्मका वोलवममा सहभागी तिर्थयात्रीहरुको लागी केवलकारको टिकट मूल्य कार्यक्रम सहयोगको लागी मात्र भन्ने उद्देश्यले २ सय रुपैयाँमात्र राखिएको छ । ‘शिव महिम्नाहा उत्सव’ को अन्य समय र दिनहरुमा समेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ ।

जसमा केवलकारको टिकट ५ सय भए पनि ३ सय रुपैयाँ बराबर मूल्यको सात्विक भोजन ‘खिर पुरी भाजी’ थाली निःशुल्क उपलब्ध गराउने छ । ‘शिव महिम्नाहा उत्सव’ धार्मिक भावना प्रवर्धन गर्ने प्रवित्र उद्देश्यले आयोजना गरिएको कम्पनीले दाबी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal