Skip to content

संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था छः रमेश लेखक

nabil
global ime
काठमाडौँ, २८ असार : प्रतिनिधिसभा बैठकमा धारणा राख्दै प्रमुख सचेतक लेखक प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले भने संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताए ।

‘के संविधान छुनै नहुने विषय हो । संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ,’ उनले भने ।

उनले संविधान आफैंले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे । संविधानलाई थप समृद्ध गर्ने कुरा गलत नहुने उनको भनाइ छ । उनले जनताको स्वामित्व स्थपना हुन नसके कमजोर हुने बताए ।

सहमतिका आधारमा संविधान संशोधन गर्न पहल कसैले लिनुपर्ने भएकाले आफूहरूले त्यसको नेतृत्व गरेको उनले बताए । ‘संविधान हामीले ल्याएको हो । संविधानको रक्षा हामी गर्छौं । हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन,’ उनले भने ।

उनले संविधानलाई चलायमान बनाउन निरन्तर समीक्षाको आवश्यकता पर्ने बताए । दुई पार्टी मिल्दैमा आत्तिनुनपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेमा मात्रै धुलो नदेख्न आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima