Skip to content
Prabhu

प्रभु बैंकद्वारा ५० लाखभन्दा बढी मुद्दती निक्षेप राख्ने ग्राहकलाई प्यान नम्बर अपडेट गर्न आग्रह

 

काठमाडौं । प्रभु बैंकले ५० लाखभन्दा बढी मुद्दती निपेक्ष जम्मा गरेका ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अपडेड गर्न आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकमा मुद्दती खाता हुनेले यही असार मसान्तभित्र खाता अपडेट गराउन भनेको हो ।

सो बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ।प्रा निर्देशन नं १६ बुँदा नं ३ (८) बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal