Skip to content
Prabhu

नबिल बैंकले ल्यायो ४१ औं वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौं । नबिल बैंकले ४१ औं वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो ।

बैंकले यस योजनाअन्तर्गत सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ ।

बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफरसमेत ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटीएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ ।

साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने बैंकले जनाएको छ । कृषि तथा उत्पादनमुलक उद्योगमा ५ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

कार्यक्रम नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रूपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नबिल बैंक डिजिटल रूपमा समेत सबै नेपालीको बैंक बन्न सफल भएको बताए ।

उनले बैंकहरूले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभई दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताए । उनले बैंकहरू जिम्मेवार भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएकोमा जोड दिए ।

ज्ञवालीले आगामी दिनमा नविल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने बताए ।
नबिल बैंक नेपालको अग्रणी बैंक हो । बैंकले देशभर २ सय ६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १७ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal