Skip to content
Prabhu

धारा ७६ (२) अनुसार सरकारको दाबी पेश गर्न राष्ट्रपति पौडेलद्धारा आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकारको दाबी पेश गर्न सदनमा प्रतिनिधि गर्ने दलहरुलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति पौडेलले २ वटा भन्दा बढीको दलको समर्थनमा प्रधानमन्त्री बन्ने गरेर दाबी पेश गर्न आह्वान गरेका हुन् ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर सरकारको दाबीको लागि आह्वान गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal