Skip to content

नवलपरासीको सरावलमा १२ सय बिघा धानखेती डुबानमा

nabil
global ime
बस्तीमा नारायणी नदीको बाढी नवलपुर (नवलपरासी), २२ असारः अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । तस्बिरः टेकराज पोखरेल/रासस

नवलपरासी । लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ । लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो ।

चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए । उनका अनुसार गत वर्ष पनि वर्षाले शङ्करपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो ।

झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–७ निवासी धर्मनाथ कुुश्वाहाले बताए।

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताउनुुभयो । खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुुग्दा मधवलिया, शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नुु परिरहेको उनको भनाइ छ । ‘मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ’, उनले भने ।

झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुुखाडीप्रसाद चौधरीले जानकारी दिए। खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima