Skip to content
Prabhu

साउनमा अझै घट्यो निक्षेपको ब्याजदर, कर्जा १० प्रतिशतभन्दा तल पाइने

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि ब्याजदर अझै घटाएका छन् ।

वाणिज्य बैंकहरुले एक वर्षको मुद्दती निक्षेपमा साउन महिनामा व्यक्तिगततर्फ ६.२१ प्रतिशतदेखि ७.५३ प्रतिशतसम्म ब्याजदर दिनेछन् । सबैभन्दा बढी ब्याजदर मुद्दती निक्षेपमा साउन महिनामा एनआईसी एशिया र एनएमबि बैंकले दिनेछन् ।

बैंकहरुको असार महिनामा औसत आधार दर पनि ८ प्रतिशतभन्दा तल झरेको छ । जसले गर्दा कर्जा अब बैंकअनुसार ८ देखि ९ प्रतिशत ब्याजदरमा पाउने भएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकसँग ५२ खर्ब ७९ अर्ब निक्षेप रहेको छ भने कर्जा ४५ खर्ब ५५ अर्ब रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal