Skip to content

प्रधानमन्त्री ओली तथा २१ मन्त्रीले लिए सपथ कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

ओली सरकारमा कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्री पाएका छन् ।कांग्रेसबाट सरकारको नेतृत्व पूर्वमहामन्त्री प्रकाशमान सिंहले गरेका छन् ।

सिंह उपप्रधान तथा सहरी विकास मन्त्रीले लिए । साथै गृहमन्त्रीमा रमेश लेखक, आरजु राणा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटनमन्त्री बनेका छन् ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री भएका छन्।

यस्तै, लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले श्रममन्त्रीमा सपथ लिए । जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साहले महिला तथा बालबालिका मन्त्रीको सपथ लिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T