Skip to content
Prabhu

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार ६ सय ७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक सेयरमध्ये तपसिल बमोजिमको सेयर बिक्री गर्न इच्छा राखी निवेदन दिएको र सो निवेदन सञ्चालक समितिको विभिन्न बैठकमा पेस हुँदा रित पुयाई बिक्री गर्ने प्रकृया अघि बढाउने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकले संस्थापक सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको छ । संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा सो सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal