Skip to content

विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो कामः गृहमन्त्री लेखक

nabil bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफैं कार्यान्वयन हुँदैन भने ।

‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ’, गृहमन्त्री लेखकले भने, ‘ती आफैं परिचालित र क्रियाशील हुने होइनन् ।’ उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताए ।

‘लोकतन्त्र कुनै अमूर्त विषय होइन’ उनले भने, ‘नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो ।’ निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए ।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ’ गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँं ।’ गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो ।

‘नेपाल प्रहरी इतिहास बोकेको गर्व लगर्न लायक संस्था हो ।’ उनले भने, ‘कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ ।’ सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने, ‘प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ ।

उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पु¥याउने गतिमा अघि बढ्नेमा जोड दिए । कानुनबमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित् दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।

‘मानिसले बिरामी परे डाक्टर र विपद् परे प्रहरीलाई सम्झिने गरेको’ उनले भने, ‘त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुःख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईहरुलाई सम्झिन्छ।”
सो अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो । मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi