Skip to content
Prabhu

डलरको भाउ स्थिर हुँदा यूरो र पाउण्डको बढ्यो, येन र रियालको कति दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ ०० पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा छ भने बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ४३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०० रुपैयाँ ०३ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८ रुपैयाँ ५६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७४ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७ रुपैयाँ १७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal