Skip to content

एनएमबी बैंकको ३ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । एनएमबी बैंकले १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २८ हजार ९ सय ८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र के(कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ बैंकको सेयर शाखा, काठमाडौं लाजिम्पाटमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

सो म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका कुनै पनि निवेदन प्राप्त हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई सेयर खरिद बिक्री प्रकृया अगाडि बढाउने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T