Skip to content

मुक्तिनाथ विकास बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

nabil bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको छ।

बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो। यो सेवा सुरु भएपछि भारतीय ग्राहकहरूले भिम र फोन–पे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्ने भएका छन्।

यस प्रकारको सेवाले भारतीय पर्यटकलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट रकम झिक्न विशेष छुटको व्यवस्था गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi