Skip to content

एनआईसी एसिया बैंक २७ औं वर्षमा प्रवेश

nabil bank

काठमाडौं । एनआईसी एसिया बैंक २७औं वर्षमा प्रवेश गरेको छ । बैंक स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा लागेको हो । यो अवसरमा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको दाबी गर्दै एनआईसी एसियाले आफ्नो २६औं वार्षिकोत्सव मनाउने भएको छ ।

‘२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’, बैंकले भनेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारासहित अघि बढिरहेको एनआईसी एसिया बैंकले अहिले डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको बताएको छ ।
बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आरहेको छ ।

साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकिङ सेवा दिइरहेको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बताएको छ । बैंकले गत अर्थिक वर्ष २०८०÷८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको थियो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले २७ औं वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति प्रकाशित गर्दै नियामक, सेयरधनी, ग्राहक र कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime