Skip to content

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने बोलपत्र आह्वान

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । आइतबार एक सूचना जारी गद बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । इच्छुक आपूर्तिकर्ताले आउँदो सेप्टेम्बर ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नुपर्ने छ । प्रतिबोलपत्र २० हजार रुपैयाँ (१५० अमेरिकी डलर), १४० युरो वा १२० पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ। बिडिङ सबै पूर्वयोग्य बोलीकर्ताहरूको लागि खुला रहेको बैंकले जनाएको छ ।

योग्य बोलपत्रदाताहरूले नेपाली रुपैयाँ १०० मूल्यको सर्कुलेसन बैंक नोट र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बिडिङ अन्तर्गत सम्बन्धित सेवाहरू एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुइटा आवेदन हाल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

पूर्वयोग्य बोलपत्रदाताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय, मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौं, नेपाल र नेपाल राष्ट्र बैंकको कार्यालय, मिन्ट डिभिजन, बबरमहल, काठमाडौं, नेपालबाट बोलपत्र कागजातहरूको पूर्ण सेट खरिद गर्न सकिने बैंकले सूचनामार्फत जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi