Skip to content
Prabhu

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । आइतबार एक सूचना जारी गद बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । इच्छुक आपूर्तिकर्ताले आउँदो सेप्टेम्बर ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नुपर्ने छ । प्रतिबोलपत्र २० हजार रुपैयाँ (१५० अमेरिकी डलर), १४० युरो वा १२० पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ। बिडिङ सबै पूर्वयोग्य बोलीकर्ताहरूको लागि खुला रहेको बैंकले जनाएको छ ।

योग्य बोलपत्रदाताहरूले नेपाली रुपैयाँ १०० मूल्यको सर्कुलेसन बैंक नोट र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बिडिङ अन्तर्गत सम्बन्धित सेवाहरू एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुइटा आवेदन हाल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

पूर्वयोग्य बोलपत्रदाताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय, मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौं, नेपाल र नेपाल राष्ट्र बैंकको कार्यालय, मिन्ट डिभिजन, बबरमहल, काठमाडौं, नेपालबाट बोलपत्र कागजातहरूको पूर्ण सेट खरिद गर्न सकिने बैंकले सूचनामार्फत जानकारी दिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal