Skip to content
Prabhu

एनएमबि बैंकले ल्यायो १ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयरधनी केएन होल्डीङ्गस् प्रालिको नाममा रहेको १ लाख २३ हजार ३ सय २४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौं कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal