Skip to content

खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।

खुला बजार कारोबारमार्फत तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोर प्रभावकारी बनाउन राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने रणनीतिबमोजिम करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime