Skip to content
Prabhu

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारको मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाईको मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्च अदालतका आइतबार न्यायधीशद्धय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनलाई ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका जोशी २०७४ सालमा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँग निर्वाचन लड्न खोजेपछि उनलाई पार्टीले कारवाही गरेको थियो । कुनैबेला कांग्रेसको राजनीतिमा सक्रिय रहेका जोशी कांग्रेसका पूर्वसहमहामन्त्री हुन् ।

कांग्रेसबाट उनी २०४८ देखि २०५९ सालसम्म पटक पटक मन्त्री बनेका थिए । २०५९ सालमा भष्ट्राचारको आरोप लागेपछि भने कांग्रेसभित्रको राजनीति कमजोर बनेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal