Skip to content
Prabhu

सेयर बजारमा ११३ अंकको वृद्धि हुँदा पनि ३५ लघुवित्तको सेयर मूल्य घट्यो

काठमाडौं । आइतबार सेयर बजारमा ११३ दशमलव ४२ अंकले बढेर बन्द भयो । मौद्रिक नीति सार्वजनिक भएको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली देखियो ।

आइतबारको कारोबारमा १२ उपसूचकको सेयर मूल्य वृद्धि हुँदा लघुवित्त उपसूचक रातो देखियो । आइतबार सबै भन्दा धेरै बैंकिङ समूहको उपसूचक करिब १० प्रतिशतले बढ्यो । तर धेरै जसो बैंकको स्वामित्व रहेका लघुवित्तको सेयर मूल्य भने घटेको छ । यो दिन माइक्रोफाइनान्स समूहको उपसूचक १०.०६ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन १२ वटा माइक्रोफाइनान्सको सेयर मूल्य मात्रै बढेको छ । ३५ कम्पनीका सेयर मूल्य भने घटेको छ ।

आइतबार सेयर मूल्य घटेका लघुवित्त कम्पनीमा ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, लक्ष्मी लघुवित्त, एनआईसी एशिया लघुवित्त, एनएमबि लघुवित्त वित्तीय संस्था रहेका छन् । आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य ४८ रुपैयाँले घटेर १ हजार ४८२ रुपैयाँमा कारोबार बन्द भएको यो अघिल्लो कारोबारको भन्दा ३.१४ प्रतिशतले कम हो । त्यस्तै आज हिमालयन लघुवित्तको सेयर मूल्य पनि ३५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोकोको भन्दा २.५६ प्रतिशतले कम हो ।

त्यस्तै लक्ष्मी लघुवित्ततको सेयर मुल्य ६५ रुपैयाँले घटेर १ हजार ३४९ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ४.६० प्रतिशतले कमी हो । एनआईसी एशिया लघुवित्तको सेयर मूल्य पनि ९ रुपैयाँले घटेर ८३७ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा १.०६ प्रतिशतले कमी हो । एनएमबि लघुवित्तको सेयर मूल्य पनि १७ रुपैयाँले घटेर ८५० रुपैयाँ पुगेको छ । यो अघिल्लोको कारोबारभन्दा १.९६ प्रतिशतले कम हो ।

त्यस्तै आज सेयर मूल्य घट्ने लघुवित्त कम्पनीमा आरम्भ चौतारी लघुवित्त, आशा लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, डिप्रोस्क लघुवित्त, धौलागिरी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, ग्रामिण विकास लघुवित्त, गुँरास लघुवित्त कम्पनी रहेका छन् । आज आरम्भ चौतारीको सेयर मूल्य २.१२ प्रतिशत अर्थात् २९ रुपैयाँ ४० पैसाले घटेर १ हजार ३६० रुपैयाँ ६० पैसा पुगेको छ । आशा लघुवित्तको सेयर मूल्य पनि २.९१ प्रतिशत अर्थात् ३३ रुपैयाँले घटेर २ हजार १०१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आइतबारको कारोबार बन्द हुँदा सीआईसी नेपाल लघुवित्तको सेयर मूल्य २.९८ प्रतिशत अर्थात् ५० रुपैयाँले घटेर १ हजार ६२९ रुपैयाँमा कारोबार बन्द भएको छ । आज डिप्रोस्क लघुवित्तको सेयर मूल्य पनि १ रुपैयाँले घटेर १ हजार ६२९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै धौलागिरी लघुवित्तको सेयर मूल्य आज ३९ रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो अघिल्लो कारोबार भन्दा २.७१ प्रतिशतले कम हो ।

त्यस्तै आज फस्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य १८ रुपैयाँ ८० पैसाले घटेर ८६१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा २.१४ प्रतिशतले कम हो । फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य पनि आज ८ रुपैयाँले घटेर १ हजार ६९५ रुपैयाँ पुगेको छ । ग्रामिण विकास लघुवित्तको सेयर मूल्य २.६३ प्रतिशत अर्थात् २५ रुपैयाँले घटेर ९२४ रुपैयाँ पुगेको छ । आज गुँरास लघुवित्तको सेयर मूल्य पनि ०.२८ प्रतिशत अर्थात् ६ रुपैयाँले घटेर २ हजार १०० रुपैयाँमा कारोबार बन्द भएको छ ।

गणपति लघुवित्तको सेयर मूल्य ९.३५ प्रतिशत अर्थात् १९५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ पुगेको छ । त्यस्तै इन्फिनिटी लघुवित्तको सेयर मूल्य पनि २.५९ प्रतिशत अर्थात् ३३ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ पुगेको छ । आज जनउत्थान सामुदायिक लघुवित्तको २.९७ प्रतिशत अर्थात् ४९ रुपैयाँले घटेर १ हजार ६००, कालिका लघुवित्तको २.१९ प्रतिशत अर्थात् २६ रुपैयाँले घटेर १ हजार १६३, मेरो माइक्रोफाइनान्सको १.३७ प्रतिशत अर्थात् १३ रुपैयाँले घटेर ९३५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज मानुषी लघुवित्तको सेयर मूल्य ३.२९ प्रतिशत अर्थात् ४९ रुपैयाँले घटेर १ हजार ४४१, महिला लघुवित्तको ०.७२ प्रतिशत अर्थात् १६ रुपैयाँले घटेर २ हजार १९४, माहुली लघुवित्तको सेयर मूल्य १.९९ प्रतिशत अर्थात् २९ रुपैयाँले घटेर १ हजार ४२६ रुपैयाँ पुगेको छ । यस्तै नाडेप लघुवित्तको ३.७७ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर १ हजार १९ रुपैयाँ ९० पैसा, नेष्डो लघुवित्तको ०.८२ प्रतिशत अर्थात् २० रुपैयाँले घटेर २ हजार ४२५ , आरएसडिसी लघुवित्तको १.०५ प्रतिशत अर्थात ८ रुपैयाँ ९० पैसाले घटेर ८३६ रुपैयाँ १० पैसा, समाज लघुवित्तका् ३.०१ प्रतिशत अर्थात् ९० रुपैयाँले घटेर २ हजार ९००, सृजनशिल लघुवित्तको २.२५ प्रतिशत अर्थात् ४३ रुपैयाँ ९० पैसाले घटेर १ हजार ९१० रुपैया १० पैसा, स्वरोजगार लघुवित्तको १.२८ प्रतिशत अर्थात् १२ रुपैयाँ घटेर ९२३ र सामुदायिक लघुवित्तको ०.९१ प्रतिशत अर्थात १२ रुपैयाँ ९० पैसाले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज समता घरेलु लघुवित्तको सेयर मूल्य २.२७ प्रतिशत अर्थात २७ रुपैयाँले घटेर १ हजार १६३ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको ०.६६ प्रतिशत अर्थात् १३ रुपैयाँले घटेर १ हजार ९५८ रुपैयाँ, स्वाभिमान लघुवित्तको २.६६ प्रतिशत अर्थात् ४४ रुपैयाँ ९० पैसाले घटेर १ हजार ६४०, स्वाबलम्बन लघुवित्तको ०.५६ प्रतिशत अर्थात् ५ रुपैयाँ ९० पैसाले घटेर १ हजार ५०, विजय लघुवित्तको ३.४६ प्रतिशत अर्थात ३९ रुपैयाँले घटेर १ हजार ८९ रुपैयाँ र विन नेपाल लघुवित्तको ०.७९ प्रतिशत अर्थात् १३ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ६३२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal