Skip to content
Prabhu

कर्मचारी रोक्न गुगलले बढायो ३०० प्रतिशतले तलब

एजेन्सी । कर्मचारीहरुको वार्षिक मूल्यांकनका समयमा पारिश्रमिक बढेका समाचार आउँछन् । कहिलेकाँही कुनै कर्मचारीले कम्पनी छाड्ने योजना बनायो भने कम्पनीले केही पारिश्रमिक बढाएर कर्मचारीलाई अर्को कम्पनीमा जान दिँदैनन् । तर कतिसम्म बढाउँछन् त ? १० वा २० प्रतिशत वा त्यो भन्दा धेरै । सामान्यतयाः २० प्रतिशत पारिश्रमिक वृद्धिलाई राम्रै मानिन्छ । 

तर के कर्मचारीको तलब एकैपटक ३०० प्रतिशतले बढेको कतै सुन्नुभएको छ ? वर्षको सुरुआती महिनामा गुगलले कम्पनी कटौती गरेको थियो । तर पछिल्लो समय गुगलले कर्मचारी रोक्नका लागि तीन सय प्रतिशतभन्दा बढीले पारश्रमिक बढाएर कर्मचारी रोकेको छ । 

भारतीय म्याग्जिन इन्डिया टुडेको एक रिपोर्टअनुसार प्रेप्लेक्सिटी एआईका सीइओ अरविन्द श्रीनिवासले यो खुलासा एक पोडकास्टमार्फत गरेका छन् । श्रीनिवास आईआईटी मद्रासका पूर्व छात्र हुन् । उनले आफ्नो कम्पनीका लागि गुगलमा काम गर्ने एक कर्मचारीलाई हायर गरेका थिए ।  कर्मचारीले आफ्नो कम्पनी गुगललाई एक अफरबारे बताएका थिए । 

त्यसपछि के भयो त्यो आश्चर्य पार्ने खालको थियो । गुगलले आफ्नो कर्मचारी रोक्नका लागि कथितरुपमा ३०० प्रतिशतले पारिश्रमिक बढायो । यति धेरै पारिश्रमिक पाउने वित्तिके कर्मचारीले गुगल छाड्ने योजना तोड्यो । 

श्रीनिवासका अनुसार गुगल यतिबेला आफ्ना कर्मचारी रोकने नीतिका साथ कुनै पनि हदसम्म जान सक्छ । उनका अनुसार उनले जुन कर्मचारीलाई हायरका लागि प्रस्ताव गरेका थिए उनी गुगल सर्च टीमका हिस्सा थिए । तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग कुनै सम्बन्ध थिएन । यसका बाबदुज पनि गुगलले अत्यधिक पारिश्रमिक वृद्धि गरेर कर्मचारी रोक्ने निर्णय गर्यो । 

यसै वर्षको जनवरीमा गुगलले कर्मचारी कटौतीको घोषणा गरेको थियो । त्यसपछि गुगलले हार्डवेयर, सेन्ट्रल इन्जिनियरिङ तथा गुगल असिस्टेन्टमा काम गर्ने करिब एक हजार कर्मचारी निकालेको थियो । गत वर्ष सन् २०२३ मा पनि कम्पनीले १२ हजार कर्मचारी कटौती गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal