Skip to content
Prabhu

एनआईसी एसिया क्यापिटलद्वारा ‘फाइदा या फिर्ता’ अफर सञ्चालन

काठमाडौं । एनआईसी एसिया क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘फाइदा या फिर्ता’ अफर सञ्चालनमा ल्याएको छ ।

एनआईसी एसिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस) सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ नारासहित विभिन्न ग्राहकमुखी योजना सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

क्यापिटलले लगानी व्यवस्थापन सेवालाई अझ परिस्कृत र ग्राहकमुखी बनाउने मुख्य उद्देश्यका साथ नयाँ आर्थिक वर्ष २०८१र८२ लाई लक्षित गरी लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘फाइदा या फिर्ता’ अफर सार्वजनिक गरेको जनाएको छ ।

सो अफरअन्तर्गत लगानी व्यवस्थापन सेवा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस लिने ग्राहकहरुको सेवा लिँदा क्यापिटललाई बुझाउनुपर्ने सेवा शुल्क सम्बन्धित लगानी व्यवस्थापन सेवा लिने ग्राहकको पोर्टफोलियो आर्थिक वर्ष अन्त्यमा वृद्धि गराउन नसकेको अवस्थामा लगानी व्यवस्थापन सेवा शुल्क बापत लिएको सम्पूर्ण रकम सम्बन्धित ग्राहकलाई नै फिर्ता भुक्तानी गरिने क्यापिटलले जनाएको छ ।

‘फाइदा या फिर्ता’ अन्तर्गतका प्रमुख विशेषताहरूः
न्यूनतम लगानीः १० लाख रुपैयाँ
अवधिः ३ वर्ष
वार्षिक सेवा शुल्कः १।५५ ९ल्भनयतष्बदभि०
पर्फर्मेन्स शुल्कः १०५
इक्जिट शुल्कः ०५
सर्तः सम्झौताअनुसारको समय अवधिभन्दा पहिला एक्जिट भएको अवस्थामा प्राप्त सेवा शुल्क फिर्ता भुक्तानी गरिने छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal