Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीको व्यवसाय : गत आवमा ४१ अर्ब बढीको व्यापार, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीव बीमा कम्पनीलेहरले ४१ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १४ वटा निर्जीवन बीमा कम्पनीले ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

यो अवधिका १४ निर्जीवन बीमा कम्पनीले २८ लाख ४९ हजार ९३४ वटा बीमा लेख जारी गर्दै सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले २.३९ प्रतिशतले व्यवसाय बढाएका छन् । निर्जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४१ अर्ब २१ करोड २१ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवसाय गर्न सफल निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स शीर्ष स्थामा रहेको छ । एक आर्थिक वर्षमा यो कम्पनीले ५ अर्ब ४७ करोड २ लाख ५० हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २.९० प्रतिशतले बढी हो । यो कम्पनीले गत आर्थिक वर्षमा ३ लाख १७ हजार १५७ वटा बीमा लेख जारी गरेको छ । त्यस्तै धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले २ लाख ८६ हजार ३६७ वटा बीमा लेख बिक्री गरेर ४ अर्ब ७८ करोड ८१ लख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४.५० प्रतिशतले बढी हो ।

धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको तेस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा कम्पनीले २ लाख ९९ हजार ४७ वटा बीमालेख जारी गरेर सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक वर्षको अवधिमा ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँको व्यापार गरेको छ । यो कम्पनीले एक वर्षमा २ लाख ५० हवार १२५ वटा बीमालेख मार्फत उक्त व्यवसाय गर्न सफल भएको हो । त्यस्तै गत आर्थिक वर्षमा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड ३ लाखको व्यवसाय गरेको छ । यो अवधिमा यो कम्पनीले २ लाख २ हजार ३५१ वटा बीमालेख जारी गरेको छ ।

त्यस्तै दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब २६ करोड १४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । एक वर्षको अवधिमा यो कम्पनीले ४१ हजार ३९७ वटा बीमालेख जारी गरेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले एक वर्षमा २ लाख ३० हजार ९३८ वटा बीमा लेख जारी गरेर १ अर्ब ५९ करोड ४० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १९ करोड ८७ लाखको व्यवसाय गरेको छ । यो कम्पनीले एक वर्षको अवधिमा ३२ हजार ८६६ वटा बीमालेख जारी गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले २ लाख ९७ हजार १८६ बीमाललेख मार्फत ३ अर्ब १४ करोड १० लाख, प्रभु इन्स्योरेन्सले १ लाख २३ हजार ८५१ बीमालेख मार्फत १ अर्ब ७७ करोड ७९ लाख र एनएलजी इन्स्योरेन्सले १ लाख ९० हजार २७१ बीमालेख मार्फत २ अर्ब ५५ करोड २७ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै सानीमा जिआईसी इन्स्योरेन्सले १ लाख ४५ हजार ७३० बीमालेख जारी गरेर २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँको व्यवसाय गरेको छ । एक वर्षको अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले एक वर्षमा २ लाख ३२ हजार ५२३ बीमालेख जारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal