Skip to content
Prabhu

एसबिआई बैंकद्धारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग, लालीगुराँस चोकको बैंकको शाखा स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तिर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ । बैंकले आफ्नो बागलुङ नगरपालिका–२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिका–३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ ।

त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

हाल बैंकले १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal