Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीको व्यवसायः दि ओरिएन्टलको ४४ प्रतिशतले बढ्यो, राष्ट्रिय बीमा कम्पनीको ३१ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीव बीमा कम्पनीले ४१ अर्बभन्दा बढीको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरतणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा ११ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ भने बाँकी तीन कम्पनीको व्यवसायमा गिरावट आएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवसाय वृद्धि गर्ने कम्पनीमा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले अघिल्लो आवको भन्दा गत आर्थिक वर्षमा ४४.१५ प्रतिशत बढी व्यवसाय गर्न सफल भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा भने सबैभन्दा धेरै ३१.०१ प्रतिशतको गिरावट आएको छ ।

प्राधिकरणको तथ्यांका अनुसार गत आर्थिक वर्षमा ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । जुन अघिल्लो आवको भन्दा ४४.१५ प्रशितले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेशनल इन्स्योरेन्सले १७.६५ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ । नेसनल इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमो १ अर्ब १ करोड ८९ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीले १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै अघिल्लो वर्षको भन्दा गत आर्थिक वर्षमा सानिमा जिआइसी इन्स्योरेन्सको व्यवसाय पनि १२.६५ प्रशितले बढेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३२ करोड ४४ लाखको व्यवसाय गरेको थियो भने गत आर्थिक वर्षमा २ अर्ब ६१ करोड ८५ लाखको व्यवसाय गरेको छ ।

एक वर्षको अवधिमा हिमालयन एभरेष्टको व्यवसाय पनि ११ प्रशितले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यवसाय गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसाय पनि ७ प्रतिशतभन्दा बढी बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३८ करोड ७७ लाखको व्यवसाय गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

जुन अघिल्लो वर्षको भन्दा ७.७६ प्रशितले बढी हो । अघिल्लो वर्षको भन्दा गत वर्ष नेको इन्स्योरेन्सले पनि ७.४८ प्रतिशतले व्यवसाय बढाएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९२ कोड २४ लाखको बीमा व्यवसाय गरेको थियो भने गत वर्षको सोही अवधिमा ३ अर्ब १४ करोड १० लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ ।

गत आवमा प्रभु इन्स्योरेन्सले पनि ७.१८ प्रतिशतले व्यवसाय बढाएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँको व्यवसाय गरेको छ । अघिल्लो वर्ष भने कम्पनीको व्यवसाय १ अर्ब ६५ करोड ८७ लाखको व्यवसाय गरेको थियो । त्यस्तै एनएलजी इन्स्योरेन्सले अघिल्लो वर्षको भन्दा ६.१२ प्रतिशतले व्यवसाय बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ४० करोड ५४ लाखको व्यवसाय गरेको कम्पनीले गत वर्ष २ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

एक वर्षको अवधिमा सबे भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अघिल्लो वर्षको भन्दा गत वर्ष ४.५० प्रशितले व्यवसाय वृद्धि गरेको छ । यो कम्पनीले अघिल्लो वर्ष ४ अर्ब ५८ करोड २० लाख रुपैयाँको व्यवसाय गरेको थियो भने गत आवमा ४ अर्ब ७८ करोड ८१ लाखको व्यवसाय गरेको छ ।

त्यस्तै बीमा शुल्क आर्जनको शीर्ष स्थानमा रहेको शिखर इन्स्योरेन्सले अघिल्लो वषृको भन्दा २.९० प्रतिशतले व्यवसाय बढाएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ४७ करोड २ लाख रुपैयाँको व्यवसाय गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा व्यवसाय वृद्धि गर्ने अर्को निर्जीवन बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स कम्पनी । यो कम्पनीले ०.२८ प्रशितले व्यवसाय वृद्धि गर्न सफल भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५९ करोड ३ लाखको बीमा व्यवसाय गरेको छ । अघिल्लो वर्षमा १ अर्ब ५८ करोड ५८ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा एक वर्षको अवधिमा ३१.०१ प्रतिशतले गिरावट आएको छ । यो सरकारी स्वामित्वको कम्पनी हो । यो कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५९ करोड ४० लाख रुपैयाँको मात्रै व्यवसाय गर्न सफल भएको छ । जबकी कम्पनीले अघिल्लो आवमा २ अर्ब ३१ करोड ७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो ।

बीमा कम्पनी व्यवसायमा धेरै गिरावट आएको कम्पनी हो युनाइटेड अजोड इन्स्योरेस । यो कम्पनीले गत आवमा २ अर्ब ७२ करोड ७२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २०.२३ प्रशितले कम हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।

यो अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसायमा पनि गिरवाट आएको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख बराबरको बीमा व्यवसाय गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५.६४ प्रशितले कम हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ४ अर्ब ५८ करोड २० लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal