Skip to content
Prabhu

राष्ट्र बैंकले मौद्रिक नीतिमा गम्भीर लापरवाही गर्योः डा.महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा गम्भीर लापरबाही गरेको बताएका छन् । आज संसदको अर्थसमितिमा बोल्दै महतले राष्ट्र बैंकले गम्भीर लापरबाही गरेको बताएका हुन् ।

‘यसअघि खुकुलो मौद्रिक नीति आउँदा सबैभन्दा धेरै कर्जा प्रवाह भयो । धेरै कर्जा प्रवाह गर्दा खेरी सही तरिकाले परिणाम आउने क्षेत्रमा आएन । सोही कारण अहिले हजारौँ ऋणहरुले ऋण फिर्ता गर्ने सकेनन् । फेरि केही समयपछि सो कुरालाई करेक्सन गर्नेका लागि एकदम कसिलो नीति राष्ट्र बैंकले जारी गर्यो,’ उनले भने ।

मौद्रिक नीति बनाउँदा लामो समयलाई हेर्नुपर्ने महतले बताए । ‘अर्थ मन्त्रालयको कुरा सुन्ने नसुन्ने राष्ट्र बैंकको अधिकार हो । म अर्थ मन्त्रालयमा हुँदा मौद्रिक नीति कसिलो बनाइयो । त्यसलाई सुधार गरेर अलि लचिलो ल्याउनुपर्छ भनेर केही खुकुलो बनाउँदा अर्थतन्त्रले लय समातेको हो । सेयर बजार पनि १८ सयबाट २२ सय पुगेको थियो,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal