Skip to content
Prabhu

नेपालीले अब भारतीय सिमकार्ड लिन पाउने

काठमाडौं । नेपाली नागरिकहरूले भारतमा अब सहज रूपमा भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा।शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका छन् ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ ।’

नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन् ।

भारत पुगेका नेपालीहरूले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । भारतमा चिनाजानी केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरूले भने त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal