Skip to content
Prabhu

तोकिएको चुक्ता पुँजी नपुगेका बीमा कम्पनीको पोर्टफोलियोे रोकिन्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीको पोर्टफोलिएको रोकिने बताएका छन् । नेपाल बीमा कम्पनीको वार्षिकोत्सवमा बोल्दै अध्यक्ष सिलवालले चुक्ता पुँजी वृद्धि गर्न नसक्ने कम्पनीको पोर्टफोलियो रोकिने चेतावनी दिएका हुन्।

बीमाका कुनै पनि कुरा हावा तालमा नरहेको र नियामकले पनि सम्पुर्ण कुराको अध्ययन गरेर मात्र निर्देशिका जारी गर्ने गरेको भन्दै पुँजी वृद्धि गर्नका लागि कम्पनीले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै गरेको भएर पनि सरकारी कम्पनीको नै व्यवसाय खस्किदै गएको भन्दै सिलवालले दुख व्यक्त गरे । अर्को तर्फ नेपाल बीमा कम्पनीको वित्तीय विवरण अहिलेसम्म पनि पारित हुन नसक्नु दुखत रेहको उनले बताए ।

‘नेपाल बीमा कम्पनीको ११ वर्षमा पुग्दा समेत वित्तीय विबरण पनि पारित हुन ११ वर्षकै बाँकी रहनु दुखत हो,’ उनले भने । त्यस्तै काठमाडौं केन्द्रित व्यवसाय लाई अन्य कम्पनीसँग प्रतिस्पर्धा गरेर विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal