Skip to content
Prabhu

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२४’ भव्य रुपमा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको सातौं संस्करण साउन २० गते शनीबारको दिन हायात रिजेन्सी, बौद्धमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरि रहेका हजारौं अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थीक वर्ष २०८०/८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल सयौं सिटिजन लिडर र अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ३१९ जना सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । जसमा कम्पनीको सिल्भर क्लव अन्तर्गत १७५ जना, गोल्ड क्लबअन्तर्गत ९६ जना, डाइमण्ड क्लबअन्तर्गत ४० जना, प्लाटिनम क्लब अन्तर्गत ५ जना र सिटिजन स्टार अन्तर्गत ४ जना एजेन्सीहरुको भव्य उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीकी सूचना अधिकारी साभोना सापकोटाले जानकारी दिइन् ।

त्यस्तै, उक्त कार्यक्रममा देशभरी रहेका सयौं ब्रान्चहरुमध्ये १० वटा उत्कृट शाखा कार्यालयहरु पनि सम्मानित भएका छन् । जसमा सुदुरपश्चिमको टिकापुर शाखा १ नम्बरमा पर्न सफल भएको छ भने, दोस्रोमा जमल र तेस्रोमा नारायणगढ शाखा कार्यालय सम्मानित भएका छन् । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको छ । साथै, सोही कार्यक्रममा लोक दोहोरी गायिका अस्मिता अधिकारी र कर्ण शाक्यलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठले आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै उनले आफुले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताए । यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने उनको भनाइ छ । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित पारे ।

समापनको अवसरमा अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे । त्यस्तै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरुः ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।

कम्पनीले उक्त सम्मान गर्दा आउदो दिनमा थप व्यवसाय गर्न प्रेरणा मिलेको एजेन्सीहरुको भनाइ रहेको छ । कम्पनीले सिटिजन नाइट लिडर्समा पाँच पटकसम्म क्वालिफायर्ड भएका एजेन्सीहरुलाई ‘सिटिजन दीक्षित’ घोषणा गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal