Skip to content
Prabhu

अन्तर्राष्ट्रिय पुँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गरेर मौद्रिक नीति ल्याइएको होः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पुँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी मौद्रिक नीति ल्याइएको दाबी गरेका हुन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलतालाई कम गर्ने दाबी गरे । ‘यो मौद्रिक नीतीलाई अनुशरण नगरे अर्थतन्त्रको शिथिलता कायमै रहन्छ । मौद्रिक नीतिलाई अनुशरण गरेको खण्डमा अर्थतन्त्र चलायमान बन्छ,’ उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ ? त्यसलाई आधार मानेर हामी के गर्न सक्छौँ ? आधारभूत आवश्यकता के हो ? यसको आधारमा नीति ल्याएका छौँ ।’

उनले केही ठाउँहरूमा केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासोसमेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए । निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुने गरी काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal