Skip to content
Prabhu

सानिमा बैंकको नाफा २ अर्ब ३८ करोड,सेयरधनीलाई लाभांश क्षमता १०.४० प्रतिशत

nabil

काठमाडौं । सानिमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३८ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ६० करोड रहेको थियो ।

बैंकको मुख्य आम्दानीमा रहने ब्याज आम्दानी घटेको कारण नाफा घटेको हो । बैंकको खुद खराब कर्जा अनुपात ०.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ०.६३ प्रतिशत रहेको थियो ।

बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १०.४० प्रतिशत लाभांश दिने क्षमता राखेको छ । वित्तीय विवरण लेखापरिक्षण हुने बेला भने यो तथ्यांक फरक पर्न सक्छ ।

असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ९७ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ५९ अर्ब दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal