Skip to content
Prabhu

करिब ३३ प्रतिशतले बढ्यो लक्ष्मी सनराइजको नाफा,लाभांश क्षमता साढे ५ प्रतिशत

nabil

काठमाडौं । लक्ष्मी सनराइनज बैंकले करिब ३३ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा
३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशतले नाफा बढी हो । अघिल्लो आर्थिक वर्षको बैंकले २ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले गतवर्ष कमाएको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब २८ करोड गरेको छ । यसबाट सेयरधनीले ५.५५ प्रतिशत प्रतिफल दिनमिल्छ । वित्तीय विवरण पूर्ण लेखापरिक्षण हुने बेला तथ्यांक फरक पर्न सक्छ ।

बैंकले असार मसान्तसम्म ३ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ५० अर्ब कर्जा दिएको छ ।

१३.११ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकको खराब कर्जा ४.७२ प्रतिशत छ । बैंकको कर्जा निक्षेप अनुपात ७५ प्रतिशतमा झरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal