Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा ३ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिको भन्दा ३२.७९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal