Skip to content
Prabhu

करिब ५ प्रतिशतले घट्यो सिद्धार्थ बैंकको नाफा

काठमाडौं । सिद्धार्थ बैंकलको नाफा गत आर्थिक वर्षमा करिब ५ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४.७८ प्रतिशतले नाफामा कमी आएको हो ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज सामान्य बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.४३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal