Skip to content
Prabhu

एभरेष्ट बैंकको नाफा ३ अर्ब बढी, लाभांश वितरण क्षमता २९ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि थोरै बढेको छ । ७ अर्ब ४१ करोड रहेको उक्त आम्दानी ३.३५ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशत घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ । एनपीएल ०.७१ प्रतिशत कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal