Skip to content
Prabhu

नेपाल बैंकको नाफा साढे १ अर्ब, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा साढे १ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षको भन्दा ५१.८५ प्रतिशतले कम हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले घटेर ८ अर्ब ८० करोड २१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ थियो ।

गत वर्ष बैंकको कुल सञ्चालन आम्दानीमा ०.२६ प्रतिशतको सामान्य गिरावट देखिएको छ । गत वर्ष बैंकले १० अर्ब ५९ करोड ८२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १० अर्ब ६२ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड ३३ लाख रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यससँगै बैंकको सञ्चालन नाफामा ३५.१९ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष ४ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ८० करोड ९१ लाख रुपैयाँ मात्रै यस्तो नाफा गरेको छ ।

गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी पनि १५.८८ प्रतिशतले घटेर ८ अर्ब १५ लाख रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो वर्ष ९ अर्ब ५१ करोड २५ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको ईपीएस २३ रुपैयाँ ३९ पैसाबाट घटेर ११ रुपैयाँ २८ पैसामा झरेको छ । बैंकको खराब कर्जा पनि २.८५ प्रतिशतबाट बढेर ३.२८ प्रतिशत पुगेको छ भने आधारदर ९.९२ प्रतिशतबाट घटेर ७.९७ प्रतिशतमा झरेको छ ।

बैंकको वितरणयोग्य नाफामा उल्लेख्य बृद्धि देखिएको छ । अघिल्लो वर्ष ३ लाख ८९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको यस्तो नाफा गत वर्ष ७६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ ५७ पैसा रहेको छ । गत वर्षको असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार २.५५ प्रतिशतले बढेर २२ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal