Skip to content
Prabhu

गतवर्ष वाणिज्य बैंकको नाफा ६४ अर्ब १५ करोड, नबिल सबैभन्दा अगाडि

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

अघिल्लो वर्षको यसैअवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको नाफा ५६ अर्ब ५७ करोड थियो ।

अहिले सार्वजनिक भएको वित्तीय विवरण अपरिस्कृत हो । राष्ट्र बैंकले असारमा नउठेको ब्याज साउन मसान्तसम्म उठेमा पनि गत आर्थिक वर्षको नाफाघाटामा देखाउन मिल्ने सुविधा दिएको छ । लेखापरिक्ष हुँदा यो तथ्यांक फरक पर्न सक्छ ।

नाफामा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले ६ अर्ब १ करोड नाफा गरेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट ५ अर्ब १९ करोड नाफा गरेर तेस्रो स्थानमा रहेका छ । प्रभुले ४ अर्ब ४८ करोड नाफा गरेर चौथो स्थानमा छ ।
प्राइमले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोडनाफा गरेका छन् ।

एनआईसी एशिया,सिटिजन्स र माछापुच्छ्रे बैंकको नाफा घटेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal